close

पूर्वपर्यटनमन्त्री योगेशको ओली पक्षीय नगरप्रमुख हटाएर उपप्रमुखलाई जिम्मा दिने चेतावनी

पूर्वपर्यटनमन्त्री योगेशको ओली पक्षीय नगरप्रमुख हटाएर उपप्रमुखलाई जिम्मा दिने चेतावनी

Trulli
ADVERTISEMENT

झापा- नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो पक्षमा आउन स्थानीय तहका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई  सल्लाह दिएका छन् ।

 

प्रधानमन्त्रीको गृहजिल्ला झापा आएका भट्टराईले पार्टी नचिनेर अर्को पक्षमा जाने जनप्रतिनिधिलाई हटाउने बताए । तर कुन विधिबाट हटाउने भन्ने विषायमा भने उनले कुनै तर्क गरेनन् । 

 

‘नगरपालिका र गाउँपालिका प्रमुखहरू ओली पक्ष भन्दै हिँड्ने हो भने पदमुक्त हुने सम्भावना छ’, उनले भने, ‘अब उपप्रमुखहरूले स्थानीय तहको प्रमुख हुन ठिक्क परे हुन्छ ।’

 

प्रधानमन्त्री ओलीले गत ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भट्टराईले दाबी गरे । बहुमत सदस्य सदस्य रहेको आफूहरूको पार्टीले सूर्य चुनाव चिह्न पाउने उनले बताए ।

 

‘प्रतिनिधिसभा विघटनको विरोधमा सबैले सडकबाट आन्दोलन गर्नुपर्छ,’ भट्टराईले भने ।