close

पञ्चपुरीमा बन्याे अस्थायी कोरोना अस्पताल

पञ्चपुरीमा बन्याे अस्थायी कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल स‌ंचालनमा ल्याएको छ । नगरपालिका केन्द्रसमेत रहेको बाबियाचौरमा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याइएको हो । 

 

५ शय्या क्षमताको अस्पतालबाट कोरोना रोग नियन्त्रणसम्बन्धी जनचेतना फैलाउने, संक्रमितको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।


अस्थायी कोरोना अस्पताल उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले कोरोना रोग नियन्त्रणपछि अस्पताललाई सरुवा रोग नियन्त्रण अस्पतालको रूपमा विकास गरिने जानकारी दिए ।

 

समुदायमा कोरोना फैलिरहेको र यसको रोकथामको प्रमुख भूमिका व्यक्तिगत सावधानी नै भएको हुँदा सरसफाइ र सामाजिक दूरी कायम राख्न सबैलाई उनले आग्रह गरे ।