close

मुगुमा नेकपा ओली समूहको बाजागाजासहितको जुलुस

पालिका अध्यक्षदेखि वडाध्यक्षसम्म सहभागी

मुगुमा नेकपा ओली समूहको बाजागाजासहितको जुलुस

पालिका अध्यक्षदेखि वडाध्यक्षसम्म सहभागी

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुमा विभाजित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहले बाजागाजासहितको जुलुस निकालेको छ । जुलुसमा सहभागीले केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा, आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई’ प्रचण्ड तिम्रो पाराले जनता बिगारे सारालेलगायत नारा लगाएका थिए । 

 

भेलामा विघटित संघीय सांसद तथा नेकपा मुगु जिल्ला पार्टी इन्चार्ज मोहन बानियाले नेकपाका नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले दुई तिहाइको सरकार गिराउन भूमिका खेलेको बताए । ‘पार्टीभित्रै भाँडभैलो र गुटबन्दीको राजनीति गरिएपछि बाध्यतावश प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको हो’, उनले भने ।

 
भेलामा जिल्लाका नगरपालिकासहित गाउँपालिकाका जनप्रतिनिधिको पनि बाक्लो सहभागिता थियो । नेता डम्बर रावलले पछिल्लो समय नेकपाका प्रचण्ड-नेपाल समूहकै कारण पार्टीभित्र फुट देखिएको दाबी गरे ।

 

‘जनता सुखी र समृद्ध हुन्छन् भन्ने डाहा र रिसले प्रचण्ड-नेपालले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको निर्णय लिएका हुन्’, उनले भने ।

 
पार्टी कानुनी रूपमा विभाजन नभएको र केही व्यक्ति मात्र बाहिर गएको उनको भनाइ छ । भेलामा केन्द्रीय सदस्य उब्जन शाही, सोनाम लामा, जिल्ला समन्वय समिमि प्रमुख पूर्णबहादुर रोकायालगायतका नेताले नेकपाभित्र ओली मात्र विकल्प भएको दाबी गरे ।