close

सियारीमा डाक्टरसहितको कोभिड- १९ अस्थायी अस्पतालको सेवा

सियारीमा डाक्टरसहितको कोभिड- १९ अस्थायी अस्पतालको सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सियारी गाउँपालिकामा कोभिड- १९ अस्थायी अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नम्बर- ७ पश्चिम अमवाको अमवा स्वास्थ्य चौकीबाट यो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 


अस्पतालको गाउँपालिका अध्यक्ष अयोध्या थारूले उद्घाटन गरे । कोभिड- १९ अस्पताल सुरु भएसँगै गाउँपालिकावासी तथा छिमेकी पालिकाका नागरिकसमेतले अस्पतालबाट सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष थारूले बताए ।

 

उनले भने, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाउन गाउँपालिकामा जगत जननी कार्यक्रम सुरु गरिएको छ ।’


स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको उपाध्यक्ष अमृता गुरुङले जानकारी दिइन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउन उनले गाउँवासीलाई आग्रह गरिन् ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले कोभिड अस्थायी अस्पताल निर्माणपछि पालिकावासीलाई स्वास्थ्योपचारमा सहयोग पुग्ने बताए ।

 

अस्पतालमा डाक्टरसहितको सेवा उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।


गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको परीक्षण, ल्याब सेवा, बर्थिङ सेवा, निःशुल्क औषधि वितरणलगायत सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताए ।