close

‘गणतन्त्र धरापमा परेको छ, निर्वाचनको विकल्प छैन’ (भिडियाे खबर )

‘गणतन्त्र धरापमा परेको छ, निर्वाचनको विकल्प छैन’ (भिडियाे खबर )

ADVERTISEMENT

धनकुटा- नेपाल कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर मन्त्री थापाले नेकपा औपचारिक रूपमा पार्टी विभाजन भई नसकेको, भावनात्मक रूपमा विभाजन भएको अवस्थामा धनकुटामा भने सबै जनप्रतिनिधिहरू एक ढिक्का भएको बताएका छन् ।


धनकुटाका सबै जनप्रतिनिधिहरू एक ढिक्का भएको भन्दै धनकुटाबाट अरूले पाठ सिक्नुपर्ने उनको धारणा थियो ।


समाजवादको नेतृत्व गरिरहेको, देशलाई समृद्धिको दिशामा लगिरहेको नेकपा विभाजन गर्न प्रतिगामी शक्ति लागिपरेको अवस्थामा संसद विघटन एक मात्र उत्तम विकल्प भएको र यो स्वागतयोग्य रहेको उनले जिकिर गरे ।


पार्टीभित्रको कमजोरीलाई केलाएर कसैलाई अध्यक्ष बन्न मन, कसैलाइ प्रधानमन्त्री बन्न मन भएकोे अवस्थालाई बुझेर बाह्य शक्तिसमेत लागेर पार्टी एकता भएदेखि नै काम नगरेको आरोप लगाउने, विभिन्न अवरोध सिर्जजना गर्ने, गणतन्त्र धरापमा पार्ने जस्ता कार्य भएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो । 


बाह्य हस्तक्षेपलाई रोकेर राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि, राजनीतिक स्थायित्वका निम्ति जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उनले बताए ।


नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका  गृहमन्त्री थापाले मध्यावधि निर्वाचनमा जानु भनेको जनताले चाहेको नयाँ नेतृत्व पाउनु भएको दाबीसमेत गरे । केहीलाई चुनावमा जाँदा पराजित भइन्छ भन्ने डरले चुनावमा जान डराएको पनि उनको भनाइ थियो ।


थापाले राष्ट्रियताको आन्दोलनमा एक ढिक्का भएर लड्नुपर्नेमा प्रचन्ड र माधव नेपालले अपवित्र गठबन्धन गर्ने, राजनीतिक षड्यन्त्र गर्ने गरेको आरोप लगाए । अहिले संसद पुनस्र्थापनाको नारा लिएर हिँड्नेहरू पश्चगामी भएकाले त्यसको पर्दाफास गर्नेसमेत थापाले चुनौती दिए ।


नेकपा केन्द्रीय सदस्य एवं धनकुटा पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भेलामा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले स्वागत गरेका थिए भने नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम, प्रदेश १ अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य गोपाल गुरागाईंले मन्तव्य राखेका थिए ।