close

दोलखामा कोरोनाविरुद्धको खोप : पहिलो चरणमा २ हजार स्वास्थ्यकर्मीलाई लगाइँदै 

दोलखामा कोरोनाविरुद्धको खोप : पहिलो चरणमा २ हजार स्वास्थ्यकर्मीलाई लगाइँदै 

Trulli
ADVERTISEMENT

दोलखा- दोलखाको स्थानीय सरकारले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउन सिफारिस गरिएको छ ।


दोलखाका २ नगरपालिका र ७ वटा गाउँपालिकाका १ हजार ९ सय ४४ जना स्वास्थ्यकर्मी, महिलास्वयंसेविका, कर्मचारी तथा कार्यालय सहयोगीलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विभूकुमार झाले जानकारी दिए ।


भीमेश्वर नगरका १ सय १४ जना महिलास्वयंसेविकासहित करिब २ सय ५० जना, जिरी नगरमा महिला स्वयंसेविकासहित २ सय ३६ जना, बैतेश्वर गाउँपालिकाका १ सय ५० जना महिला स्वयंसेविका गरी २ सय २ जना, तामाकोसीका १ सय ४० जना महिला स्वयंसेविकासहित २ सय २३ जनालाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउने तयारी छ ।

 

यस्तै, मेलुङ गाउँपालिकाका १ सय ६५ जना महिला स्वयंसेविका गरी २ सय ७ जना, गौरीशंकरका १ सय ५ जना महिला स्वयंसेविका १ सय ९७ जना, शैलुङका १ सय ५१ जना स्वयंसेविकासहित २ सय १ जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

 

यसैगरी बिगु गाउँपालिकाका १ सय ३१ जना महिला स्वयंसेविकासहित १ सय ७८ जना र कालिञ्चोकका १ सय ६५ जना स्वयंसेविका गरी २ सय ४१ जना नागरिकको नामावली संकलन गरी पठाइएको छ । 


स्वास्थ्य मन्त्रालयले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मी, स्वयंसेविका, कर्मचारी र कार्यालय सहयोगीको नामावली पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई पत्राचार गरेलगत्तै नाम सिफारिस गरेको छ । 

 

स्वास्थ्य मन्त्रालयले अहिले संकलन भएको नामावलीका आधारमा प्रत्येक जिल्लामा खोप पठाउने गरी योजना बनाउनेछ । 

 

स्थानीय तहबाट प्राप्त तथ्यांकलाई जिल्ला स्वास्थ्य कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने व्यवस्था मिलाइएको झाले बताए । ‘५२ हजारभन्दा बढी महिला स्वयंसेविकाले पहिलो चरणमै खोप लगाउनेछन्’, उनले भने ।