close

सिदिङ्वामा जागिर खोज्नेको भीड, ४ पदमा ३१ जनाको आवेदन

सिदिङ्वामा जागिर खोज्नेको भीड, ४ पदमा ३१ जनाको आवेदन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा ४ जनाको पदका लागि खुलाइएको आवेदनमा ३१ जनाले आवेदन दिएका छन् ।


गाउँपालिकाले २८ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार २ जना आवश्यक रहेको सब-इञ्जिनियर पदका लागि ६ जनाले आवेदन दिएका छन् ।

 

अनुभव, आवश्यक कागजात र प्रक्रियाका आधारमा गाउँपालिकाले ४ जनाको सर्टलिस्ट प्रकाशन गरेको छ । अब उनीहरूमध्येबाट लिखित र अन्तर्वार्ताका आधारमा २ जना छनोट गरिनेछ ।

 

१ जना दरबन्दी रहेको असिस्टेन्ट सव-इञ्जिनियर पदका लागि १५ जनाको आवेदन परेको छ । गाउँपालिकाले १५ जनाकै संक्षिप्त सूचीमा नाम प्रकाशन गरेको छ । 

 

१ जनाकै दरबन्दी रहेको ल्याब असिस्टेन्ट पदका लागि १० जनाको आवेदन परेकामा गाउँपालिकाले ९ जनाको संक्षिप्त सूची प्रकाशन गरेको हो । ४ पदका लागि बिहीबार परीक्षा तालिका निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए ।