close

सिरिजंघा मातहतका सबै कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य

सिरिजंघा मातहतका सबै कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिका मातहतका सबै कार्यालय तथा निकायमा विद्युतीय हाजिरी अनिवार्य गर्ने भएको छ । 

 

चालू आर्थिक वर्षबाट गाउँ कार्यपालिकाको कार्यालय हुँदै सबै वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीलाई अनिवार्य गर्ने भएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार सामुदायिक विद्यालयतर्फ चालू आर्थिक वर्षमा पालिकाभित्रका सबै माध्यमिक तह र आगामी आवभित्र आधारभूत तहसम्म विद्युतीय हाजिरीलाई अनिवार्य गरिनेछ ।

 

दायित्वअनुसारको जिम्मेवारी सहज ढंगबाट पालना गर्न-गराउन सजिलो हुने भएकाले प्रभाकारिताका आधारमा विद्युतीय हाजिरीलाई अनिवार्य गर्दै लगेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।