close

जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप, पुर्वमन्त्री घाइते, ९ जना पक्राउ (भिडियाे खबर)

जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप, पुर्वमन्त्री घाइते, ९ जना पक्राउ (भिडियाे खबर)

ADVERTISEMENT

धनुषा– जनकपुरधाममा  नेकपाका बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीसँगको झडपमा परी नेकपाको प्रचण्ड–माधव खेमाका  नेता रामचन्द्र झा घाइते भएका छन् ।


बिहानसम्म बन्दको कुनै प्रभाव नरहेको जनकपुरधाममा मध्यान्हपछि बजार गराउने क्रममा शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट पूर्वमन्त्री समेत रहेका नेता झा घाइते भएका हुन् ।

 

उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए । नेता झालाइ उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले ९ जना बन्दकर्तालाई पक्राउ समेत गरेको छ ।


यता, महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा बर्दिवास नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजन ढुङ्गाना घाइते भएका छन् ।


पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।


पुर्वमन्त्री रामचन्द्र झा, नेकपा स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री मातृका प्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, कारी यादव र प्रदिप साह घाइते छन् । एक जना प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।