close

हुन्डाईको दसैं–तिहार योजना  

हुन्डाईको दसैं–तिहार योजना  

Trulli
ADVERTISEMENT

काठमाडौं -  नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  ग्राहकमाझ ‘यसपालिको दसैं–तिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । 


असोज ५ देखि मंसिर ५ सम्म लागू यो योजना दसैं, तिहार र छठोत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ ।


योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । 


त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्ड आई १० निओस १ थान जित्न सक्नेछन् । ग्राहकलाई १ वर्ष निःशुल्क बिमा सुविधा पनि दिनेछ ।