close

आधा घण्टामै तोडियो नेकपाभित्रकाे सत्ता–प्रतिपक्ष सहमति, प्रदेश १ संसद बैठक अवरुद्ध

आधा घण्टामै तोडियो नेकपाभित्रकाे सत्ता–प्रतिपक्ष सहमति, प्रदेश १ संसद बैठक अवरुद्ध

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ को प्रदेशसभा कार्यव्यवस्था समितिको सहमति अनुसार संसद अघि नववढाइएको भन्दै सत्रा पक्षकै सांसदले संसद अवराेध गरेका छन् ।

 

सत्तापक्षका पक्षका सांसदहरुले विरोध जनाएपछि आइतबारको प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश गर्न नपाइ अवरुद्ध भएको छ । अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक अवरुद्ध पारेका हुन् ।

 

उनीहरुले आइतवारको बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने गरी गरेको माग विपरित सभामुख प्रदीपकुमार भण्डारीले बैठक अघि बढाउन खोजेको भन्दै बैठक स्थलमा उठेर बिरोध जनाएका थिए ।

 

यसअघि कार्य व्यवस्था समितिको बैठकमा भने अविश्वास प्रस्ताव टवुल गर्ने सहमति भएको थियो । नेकपाको प्रचण्ड–माधव खेमाका सांसदहरुले यस्तो जानकारी दिएका थिए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक स्थगित भएको घोषणा गरेका छन् । अर्को बैठक ९ फागुनका लागि तोकिएको छ ।