close

प्रदेश २ का जनता नेकपाको गुट स्वार्थका सिकार

पैसा दिएर पशुपतिनाथ दर्शन गराइदिने भन्दै काठमाडौं उतारियो

प्रदेश २ का जनता नेकपाको गुट स्वार्थका सिकार

पैसा दिएर पशुपतिनाथ दर्शन गराइदिने भन्दै काठमाडौं उतारियो

Trulli
ADVERTISEMENT

काठमाडौं– सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर प्रधानमन्त्री केपी ओली खेमा र पुष्पकमल दाहाल–माधव नेपाल खेमामा बटवारा भएपछि शक्ति प्रदर्शन गर्न प्रदेश २ का जनतालाई प्रयोग गरिन थालेको छ ।

 

यसअघि गत २३ माघमा प्रधानमन्त्री ओली खेमाको नेकपाले आयोजना गरेको दरबारमार्ग आमसभामा पनि प्रदेश २ का जनतालाई खाना, नास्ता र आतेजाते गाडीभाडा निःशुल्क दिएर काठमाडौं उतारिएको थियो ।

 

प्रचण्ड–नेपाल खेमाको नेकपा पनि के कम !

 

बुधबार काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रदेश २ का गाउँटोल र बस्तीबस्तीबाटै पशुपतिको दर्शन गराइदिने लोभमा जनतालाई बसबाट काठमाडौं ल्याइएको छ । प्रदर्शनमा सहभागी अधिकांशले पशुपति दर्शनको लोभमै काठमाडौं आएको बताएका छन् ।

 

वीरगञ्जकी ६५ वर्षीय चन्द्रकला यादवलाई १ साता अघिदेखि प्रचण्ड–नेपाल खेमामा लागेका गाउँका नेताहरूले घरमै आएर २८ माघमा पशुपतिनाथ दर्शन गर्न लैजाने आश्वासन दिए । उनलाई धेरै अघिदेखि पशुपति दर्शन गर्न मन थियो । पारिवारिक अवस्था सामान्य भएकाले एक्लै काठमाडौं आउने आँट पनि थिएन । खाना, बसभाडा सबै पार्टीले नै बेहोर्ने भएपछि विरोध प्रदर्शनमा सहभागी हुने बहानामा पशुपति दर्शनका लागि काठमाडौं आइन् । छोरा, बुहारी, श्रीमान्सँगै बुधबार बिहानै काठमाडौं आएको यादव सुनाउँछिन् ।

 

काठमाडौं ल्याउने नेताको निर्देशनका कारण उनलाई जुलुसमा सहभागी भएर हातमा नेकपाको झन्डा थमाइयो । तर, विरोध प्रदर्शनका लागि काठमाडौं ल्याइएकी उनलाई यहाँ आउनुपर्नाको कारण सोधियो । ‘पशुपतिनाथको दर्शन गर्न आएको हो । माइतीघर मण्डलाको भीडमा भेटिएकी यादव भन्छिन्, ‘जुलुस सकेर पशुपति दर्शन गर्न लैजाने भनेको छ ।’

 

त्यस्तै, महोत्तरी घर बताउने ६१ वर्षी यकमलेश्वर साह सोही भीडमा भेटिए । उनी राजनीतिबारे त्यति जानकार नभएका उनलाई पनि गाउँका सबै काठमाडौं जाने भनेर निर्देशन दिइएपछि यहाँ आएका रहेछन् ।

 

यी त प्रतिनिधि पात्र मात्र हुन् । बुधबार नेकपा प्रचण्ड–नेपाल खेमाको विरोध सभामा सहभागी बढीजसो संख्याका नागरिक मधेसबाटै आएका देखिए । उनीहरूलाई काठमाडौं ल्याइनुअघि के बोल्ने, के नबोल्ने भन्ने प्रशिक्षण नै दिइएको थियो । कसैले आन्दोलनमा सहभागीसँग कुरा गर्न खोजे उनीहरूलाई ल्याउने नेता अगाडि सरेर कुरा गर्थे ।

 

प्रशिक्षण दिइए पनि केपी ओलीको सत्तोसराप गर्नुपर्ने आमसभामा कसैकसैले ‘केपी ओली जिन्दावाद’ सम्मका नारा लगाएको भेटियो । माइतीघरबाट सुन्धारातर्फ मोडिएको विरोधसभामा यस्तो नारा लगाएको भेटिइएको हो । पछि उनीहरूलाई ल्याउनेले नै नारा सच्याउन निर्देशन दिए । फेरि नारा सुरु भयो– केपी ओली मुर्दावाद ।


नेकपाका दुवै समूहले आयोजना गर्ने आमसभा तथा विरोधसभामा मधेसी जनतालाई आफ्नो स्वार्थका लागि प्रयोग गरेको देखियो । यसअघि प्रधानमन्त्री ओलीको आमभसामा पनि मधेसीजनकै बाहुल्य देखिन्थ्यो । मान्छे भेला पारेर आमसभालाई ठूलो देखाउन नेकपाका दुवै समूहले मधेसी जनतालाई प्रयोग गरिरहेका हुन् ।


 
 पार्टीका आमसभामा मधेसी जनतालाई काठमाडाैं उतार्ने नेकपाका दुवै समूह उनीहरूको दैनिक जीवन भोगाइप्रति भने उति चासो राख्दैनन् ।

 

यसअघि चिनी मिल मालिकले वर्षौंदेखिको उखुको रकम भुक्तानी नदिएपछि गत मंसिरमा काठमाडौं केन्द्रित माइतीघर आन्दोलनको धर्नामा बसेका मधेसी किसानको समर्थन गर्न नेकपा नेताहरूको उपस्थिति देखिएको थिएन । त्यतिबेला किसान आफ्नो बक्यौता रकम माग्दा पनि नेकपाकै सरकार थियो । तर, अहिलेसम्म पनि किसानले पूरा बक्यौता पाउन सकेका छैनन् । नेकपाका दुवै समूहले यसबारे चासो दिएको पनि देखिँदैन ।

 

तर, राजनीतिमा उँचो देखिन नेकपाका दुवै खेमाले मधेसी जनतालाई प्रलोभन दिएर सडकमा उतार्ने क्रम रोकिएको छैन । भृकुटीमण्डपमा सुरु भएको विरोधसभालाई नेकपा प्रचण्ड–नेपाल खेमाका अध्यक्षद्वय प्रचण्ड–नेपालसहितका शीर्ष नेताहरूले सम्बोधन गरे । उनीहरूले यो सम्बोधनमा पनि किसानको ‘क’सम्म उच्चारण गर्न भ्यानन्, सम्झिएनन् ।

 

उद्घोषकलाई चिकर्टो, धमलालाई गाली

 

आमसभामाका वक्ताले अपांगता भएका व्यक्तिलाई होच्याउने गरी भाषण गरेपछि सहभागी नेताहरुले उद्घोषक लिलामणि पोखरेललाई होच्याएर बोलेको भन्दै लिखित आपत्ति जनाए । लगत्तै मञ्चमा पुगेर पोखरेलले मन्तव्य राख्दा सभ्य भाषा प्रयोग गर्न निर्देशन नै दिए ।

 

मञ्चमा नारायणकाजी श्रेष्ठले वोलरहेका बेला पत्रकार ऋषि धमलाले सहभागीको अन्तर्वार्ता लिन थालेका थिए । मञ्चबाटै नारायणकाजीले यो आमसभा भएको भन्दै उनलाई बेगलै अन्तर्वार्ता दिने भन्दै तत्काल अन्तवार्ता लिन रोक्न कडा उर्दी जारी गरे । दर्शकदीर्घामा अन्तर्वार्ता लिइरहका धमला भने मुसुमुसु हाँसे मात्र ।