close

भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना

भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले भवन उद्घाटनसँगै उपचार सेवा सुरु गरेको हो । 

 

जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा उक्त केन्द्र स्थापना गरिएको हो । 

 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र स्थापनाले देशभरिका दीर्घ दमखोकी भएका व्यक्ति लाभान्वित हुने बताए । 

 

स्वास्थ्य क्षेत्रमा पनि बेथितिबारे आउन थालेकाले नेपालमा नक्कली औषधी निर्यात भइरहेकोतर्फ सचेत रहन उनले सुझाए । 

 

नगरको ढल, पार्क, संग्रहालय, व्यवस्थित अस्पताल सञ्चालनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा बिजुक्छेले जोड दिए ।


    
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति धन्यवाद व्यक्त गर्दै केन्द्रबाट तालिम प्राप्त चिकित्सकले सेवा प्रवाह गर्ने बताए । 
    
दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाले संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रमुख प्रजापतिले नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ३ वटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरीका स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।


बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास पुनर्स्थाजना केन्द्र सञ्चालन गरी नयाँ प्रयास थालनी गरेको बताए । 

 

उनले नगरपालिकाको अगुवाइमा सञ्चालन हुने ख्वप अस्पताल यथाशक्य छिटो सञ्चालन हुने आशा व्यक्त गरे ।