close

बुटवलमा ओली खेमाको शक्ति प्रदर्शन

बुटवलमा ओली खेमाको शक्ति प्रदर्शन

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवलमा प्रधानमन्त्री केपी ओली खेमाको नेकपाले शनिबार बृहत् सभा गरेकाे छ । नेकपा लुम्बिनी प्रदेश कमिटीले सभा आयोजना गरेको हो ।


२८ माघमा प्रधानमन्त्री केपी ओलीले काठमाडौंको सभा ‘कास्टिङ’ भएको र आफ्नो समूहको सभा हेर्न बुटवल आउन उद्घोष गरेसँगै यसलाई महत्तवका साथ हेरिएको छ ।

 

सभालाई सम्वाेधन गर्दै ओलीले निर्वाचनमा जाने विषयमा प्रतिगमन नभएको भन्दै समानुपातिकमा ५० लाख र प्रत्यक्षतर्फ बहुमत ल्याउने दावी गरे । 

 

ओलीले जनताका बीचमा नयाँ जनादेशका लागि जाने कुरा प्रतिगमन नभएको बताए ।  प्रधानमन्त्री ओलीले स्वार्थी समूहरू आफ्नो स्वार्थ पूरा गर्न पार्टीबाट बाहिरिएपछि पार्टी गतिशील बनेको दावी गरे । 


आमसभामा कार्यकर्ताहरुलाई हौसाउदै भने, ‘तपाई हामी निरास हुनुपर्ने छैन केही मानिस बाहिर गए कठैबरी भन्ने खालका गएका छैनन् पार्टीभित्र समस्या खडा गर्ने तत्व गएका हुन् ।’

 

विकास निमार्णमा धेरैकाम गरेको बताउदै ओलीले भने, ‘ बुटबलमा ६ लेन  बुटबल नारायणगढ ४ लेन लुम्बिनी तौलीहवा सडक,  गौतमबुद्ध बिमानस्थल लुम्बिनीमा ५ हजार अटने सभाहल लगायका यस्ता धेरै काम  भएको छ ।’

 

ओली खेमाका महासचिव विष्णु पौडेलले पार्टी विभाजन गरेर बाहिरिएका समूह फर्किने वताएका छन् ।  ओलीको नेतृत्वमा सामाजिक न्याय र समृद्धितर्फ लानका निम्ति ताजा जनादेशमा जाने निर्णय भएको वताउदै महासचिब पौडेलले विभाजित भएर गएको समूहले पार्टीको चुनाव चिह्न र आधिकारिकताबारे भ्रम फैलाइरहेको भन्दै भ्रमित नहुन कार्यकर्तालाई आग्रह गरे । 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेले प्रचण्ड माधव नेपाल खेमा जनताबाट डराएर चुनावबाट भाग्न प्रधानमन्त्री लाई आरोप लगाइरहेको  बताए ।

(अपडेट गरिएकाे)