close

मर्चवारलाई दूधको पकेट क्षेत्र बनाइँदै

मर्चवारलाई दूधको पकेट क्षेत्र बनाइँदै

Trulli
ADVERTISEMENT

रूपन्देहीभेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीले मर्चवार क्षेत्रमा दूध उत्पादन कार्यक्रम सुरु गरेको बनगाई मर्चवार रोड करिडोर आसपासका सय किसानलाई लक्षित गरी कार्यक्रम सुरु भएको हो आयोजना वर्षसम्म सञ्चालन हुनेछ

 

पशु सेवा विज्ञ केन्दको ५० लाख अनुदान तथा किसानको ५० लाख २५ हजार रुपैयाँ लागतमा आयोजना सञ्चालन भएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीका प्रमुख प्रवेज आलमले बताए

 

पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको बिउ तथा बेर्ना वितरण, परजीवी नियन्त्रण, औषधोपचार, भिटामिन तथा खनिजको व्यवस्था, इलेक्ट्रिक चापकटरलगायतमा अनुदान दिइने आलमको भनाइ

 

रूपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरी लुम्बिनी प्रदेशका कृषिमन्त्री आरती पौडेलले मर्चवार मार्ग लक्षित दूध उत्पादन कार्यक्रम सुरु गरेकी हुन्

 

मर्चवार क्षेत्रका अधिकांश नागरिकको मुख्य पेसा कृषि पशुपालन हो निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन प्रदेश सरकारले कार्यक्रम सुरु गरेको मन्त्री पौडेले बताइन्

 

कार्यक्रम सञ्चालन गर्न किसानले सञ्चालक समिति बनाएका छन् आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकले तालिम दिने व्यवसाय विस्तार गर्न अनुदान पनि पाइने भएकाले किसान उत्साहित बनेका छन्

 

अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दूध भैरहवा तथा भारतको नौतनहवामा बिक्री हुँदै आएको मुख्य पेसा कृषि, पशुपालन भएका नागरिकले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन्

 

हाल भइरहेको पशुपालनलाई तालिमपछि व्यवस्थित गरी दूध उत्पादन बढाउने स्थानीय किसान सुनाउँछन् दूध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी सञ्चालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम

 

एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान काउ म्याट खरिदलगायतमा अनुदान दिइने विज्ञ केन्द्रले बताएको पशु प्राविधिकको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान आधुनिक तरिका सिकाइ मर्चवार क्षेत्रलाई दूधको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना