close

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देही उद्योग संघले राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी थालेको छ । रूपन्देही उद्योग संघ अध्यक्ष बाबुराम बोहराले आगामी वर्ष ५ देखि १७ पुससम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिए ।

 

बोहराको नेतृत्वमा बुटवल उपमहानगर पुगेको रूपन्देही उद्योग संघ पदाधिकारीको टोलीले उपमहानगर प्रमुख शिवराज सुवेदीलाई संघले आउँदो २०७८ मा औद्योगिक प्रदर्शनी गर्न लागेको जानकारी दिँदै पत्र हस्तान्तरण गरेको थियो ।

 

पहिलो पटक उपत्यकाबाहिर २०४५ मा राष्ट्रिय औद्योगिक प्रदर्शनी गरेको संघले यस वर्षको प्रदर्शनी कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो ।


बुटवलस्थित बुटवल मण्डपमा रूपन्देहीका व्यावसायिक संस्था रूपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही उद्योग संघले आलोपालोमा हरेक वर्ष प्रदर्शनी तथा महोत्सव आयोजना गर्दै आएका थिए ।

 

‘यस वर्ष राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने पालो थियो । कोभिड-१९ का कारण तयारी गर्न पाइएन । त्यसैले २०७८ को पुसमा राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने तयारी गरेका छौँ’, संघ अध्यक्ष बाबुराम बोहराले भने ।