close

एनसेलको अतिरिक्त ननस्टप प्याक 

एनसेलको अतिरिक्त ननस्टप प्याक 

Trulli
ADVERTISEMENT

काठमाडौं - निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागि अतिरिक्त ननस्टप प्याकेज ल्याएको छ ।

 

ननस्टप अफरअन्तर्गत थप विकल्प दिँदै कम्पनीले असोज ७ देखि टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको हो ।

 

यी नयाँ प्याक ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई दृष्टिगत गरेर ल्याइएको कम्पनीले जानकारी दिएको छ । ग्राहकले आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याक सजिलै सुचारु गरी सुलभ दरमा सामाजिक सञ्जालको प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।

 

एक दिन समयावधि भएको प्याकको मूल्य करसहित ३१ रुपैयाँ ९२ पैसा छ भने ३० दिनको समयावधि भएको प्याकको मूल्य करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसा रहेको कम्पनीले जानकारी दिएको छ ।


३० दिनको प्याक लिने ग्राहकलाई अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनसस्वरुप दिइनेछ ।