close

तिलोत्तमामा घरदैलोमै आधारभूत स्वास्थ्य सेवा

तिलोत्तमामा घरदैलोमै आधारभूत स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

रुपन्देही - तिलोत्तमा नगरपालिकामा थप २ सरकारी स्वास्थ्य संस्था थपिएका छन् । योसँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ ।


केही दिनभित्रै वडा नम्बर ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने नगरप्रमुख वासुदेव घिमिरेले बताए ।  ‘हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्‍याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम अघि बढेको हो’, नगरप्रमुख घिमिरले भने, ‘स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवन पनि निर्माण भइरहेका छन् ।’ 


हालसम्म तिलोत्तमाका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएका छन् ।  आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्‍याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् ।


नगरप्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको दाबी गरे । आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवा उपलब्ध छन् । केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरू कार्यरत छन् ।