close

नगरप्रमुखले गरे भत्ताको पैसाले ट्रस्ट स्थापना

नगरप्रमुखले गरे भत्ताको पैसाले ट्रस्ट स्थापना

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले ट्रस्ट स्थापना गरेका छन् । १४ फागुनसम्म आफूले पाएको भत्ताबाट खत्रीले ट्रस्ट स्थापना गरेका हुन् ।

 

नगरप्रमुख खत्रीको शनिबार परेको ५५औँ जन्मदिन अवसरमा खुत्रुके खोलेका छन् । खुत्रुकेमा हालसम्म ४ लाख ५७ हजार ७ सय २० रुपैयाँ जम्मा भएको खत्रीले जानकारी दिए । 

 

उक्त पैसाबाट ‘खड्ग शान्ता नवप्रवर्तन ट्रस्ट’ स्थापना गरिएको बताए । ट्रस्टको अध्यक्षमा सूर्यबहादुर पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्रीलाई चयन गरिएको छ ।

 

उनले भने, ‘मेयर पद आफ्ना लागि अस्थायी भएको र भोलिका दिनमा पनि जनताको सेवा गर्न ट्रस्ट स्थापना गरेको हुँ । जनताको मायाले नगरप्रमुख निर्वाचित भएको र पदमा रहुन्जेल प्राप्त भत्ता जनताकै सेवामा लगाउन ट्रस्ट स्थापना गरेको छु ।’ 

 

भोलिका दिनमा पनि प्राप्त भत्तालाई यसैगरी खुत्रुकेमा जम्मा गर्नेसमेत उनले बताए । नगरपालिकाको विकास निर्माणको पैसा भने उक्त ट्रस्टमा नहालिने उनको भनाइ छ ।