close

कर्णालीको कोल्टी पुगेको पहिलो बस 

कर्णालीको कोल्टी पुगेको पहिलो बस 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज पहिलो पटक सार्वजनिक यातायतको साधन पुगेको छ । जिल्ला सदुरमुकाम मार्तडी हुदै आज पहिलो पटक कोल्टीमा बस पुगेको हो । 


कर्णाली प्रदेशको ००१ख०४०२ नम्वरको वस आज कोल्टी पुगेको चालक एक बहादुर थापाले जानकारी दिए । छोटो दुरीका यातायात जिप मात्र सञ्चालन भइरहेको अवस्थामा कोल्टी क्षेत्रमा बस पगेको उनको भनाइ छ । कोल्टी मार्तडी निमार्ण कार्य सञ्चालन भएको करिब २० वर्ष पछि कोल्टीमा बस पुग्दा स्थानीय खुसी भएका छन् ।
 

पहिलो पटक कुन्ना क्षेत्रका बस पुग्दा स्थानीयले खुसी हुदै फुलमालाले स्वागत गरेका छन् । बाजुराको निर्वाचन क्षेत्र नं क का चार वटा स्थानीय तह र कर्णाली प्रदेशको हुम्ला, कालिकोट र मुगुलगायतका जिल्लावासीलाई सेवा दिने उद्देश्यले नियमित वस सेवा सञ्चालन भएको व्यवसायी गणेश शाहीले बताए ।  कर्णाली प्रदेशको चंखेली गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुरादेखि कालिकोटसम्म सो सेवा सञ्चालन हुने उनले बताए । 


हुम्लाका स्थानीय हालसम्म पनि सडक सञ्जालमा नजोडिएको बताउदै शाहीले विकट क्षेत्रका स्थानीयलाई राहात दिन सेवा सञ्चालन गरेको उनले बताए । कर्णाली करिडोर निमार्ण भएसँगै हुम्लाका स्थानीयले जिपको महंगो भाडा तिरेर सेवा लिएको अवस्थामा सस्तो मूल्यमा यात्रुलाई बस सेवा दिने शाहीको भनाई छ । 


३० जना यात्रु वोक्ने क्षमताको बस कर्णाली प्रदेशको बाजुरासहित हुम्ला, कालिकोट र मुगु लगायतका क्षेत्रमा  पनि नियमित रुपमा सञ्चालनामा आउने हुम्लाको अदानचुली गाउँपालिका–४ का स्थानीय नन्दराज शर्माले बताए ।

 
 
स्थानीय सरकारको अनुभुतिमा रहेका कुन्ना क्षेत्रका स्थानीय विस्तारै सञ्चार, विद्युत, यातायात लगायतका स्थानीयले चाहे अनुसार सेवा पाउन सकिरहेका छैनन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालमा साफेँ–मार्तडी सडक खण्डको शिलान्यास गरेका थिए । ३२ लाख लागतमा सडक निमार्ण सुरु गर्नका लागि प्रधानमन्त्री अधिकारीले सो सडकको शिलान्यास गरेको बाजुराका सांसद हिम्मत शाहीले बताए । 

 

मार्तडी–कोल्टी–पिलुचौर २०५४ सालमा शिलान्यास भएको बताउदै सांसद शाहीले यसका लागि २७ लाख रकम विनियोजन भएको बताए  । साफे–मार्तडी खण्डको ५७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने कोल्टी–मार्तडी ४५ किलोमिटर मिटरको डवल कटिङ्गको कार्य भइरहेको छ ।