close

कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू 

कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू 

Trulli
ADVERTISEMENT

प्युठान–घरेलु तथा साना उद्योग विकास समिति प्युठानले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई विद्युत् जडानसम्बन्धी सीप सिकाउन थालेको छ । 


जिल्ला कारागार प्युठानको सहकार्यमा कैद भुक्तान सकिन लागेका १५ जना कैदीबन्दीलाई स्वरोजगार बनाउने उद्देश्यले विद्युत् जडानसम्बन्धी सीप सिकाउन थालिएको हो ।


प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कैद भुक्तान गरेर घर फर्कंदा सीप लिएर जाँदा सहज होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । सहभागीलाई तालिममा सिकेका सीप व्यवहारमा प्रयोग गरेर आत्मनिर्भर हुन सुझाए । 


अहिले कैद भुक्तान गरिरहेकामध्ये अवधि सकिन लागेका तथा कम कैद समय तोकिएका १५ जना पुरुष तालिमका लागि छनोट गरिएको जिल्ला कारागार प्रमुख सूर्यबहादुर पन्तले जानकारी दिए ।

 

उनका अनुसार १८ देखि ४० वर्ष उमेर समूहका दलित, जनजाति तथा युवालाई प्राथमिकता दिइएको छ । २ लाख रुपैयाँ लागतमा १ महिने तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख खेमबहादुर थापाले बताए ।