close

मोरङमा कोरोना खोप लगाउन ज्येष्ठ नागरिकको भीड 

मोरङमा कोरोना खोप लगाउन ज्येष्ठ नागरिकको भीड 

Trulli
ADVERTISEMENT

मोरङ- मोरङमा आइतबारदेखि सुरु भएको कोरोनाविरुद्धको खोप लगाउन ज्येष्ठ नागरिक भीड लागेको छ । डरत्रासका कारण कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने आकलन भइरहेका बेला वृद्धावृद्धाको उपस्थिति बढेको हो ।


अभियान चलाउनुअघि स्वास्थ्यकर्मीले गाउँ-गाउँ गएर कोरोनाको खोपका विषयमा ज्येष्ठ नागरिकलाई सम्झाई-बुझाई गरेका थिए । खोप लगाउन आग्रह गर्दै स्वास्थ्यकर्मी गाउँटोलमै परिचालित भएपछि ज्येष्ठ नागरिकको उपस्थिति बढेको हो । 

 

सबैलाई घरघरमै गएर खोप लगाउँदाको फाइदा र बेफाइदा बारे जाकारी गराएको स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले बताए । ‘पहिला कुनै पनि खोप नलगाएकाले समेत उत्साहित भएर खोप लगाएका छन् । खोप लगाएका ज्येष्ठ नागरकले अरूलाई पनि लगाउन प्रोत्साहित गरिरहेको पायौँ’, विश्वकर्माले भने ।

 

खोप लगाउन नागरिकता, मतदाता परिचयपत्र वा लाइसेन्स अनिवार्य गरिएको छ । गर्भवती महिला, सिकिस्त बिरामीले खोप लगाउन नहुने डा. उमेश साहले बताए । 


मोरङमा ३२ हजार बढीलाई खोप लगाइँदै छ । २८ फागुनसम्म खोप केन्द्र तथा नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाउन मिल्ने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।