close

रोहिणीकाे नयाँ एम्बुलेन्समा फूलमालाकाे वर्षा

रोहिणीकाे नयाँ एम्बुलेन्समा फूलमालाकाे वर्षा

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको रोहिणी गाउँपालिकाले २ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गम्भीर र सामान्य प्रकृतिका बिरामीलाई उपचारका लागि बाहिर लैजाँदा महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो ।

 

अहिले गाउँपालिकामै एम्बुलेन्स आएपछि यसले रोहिणीका स्थानीय मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका तथा नवलपरासीका छिमकी पालिका पनि लाभान्वित हुनेछन् । 

गाउँपालिकामा सञ्चालनमा आएका एम्बुलेन्समध्ये एउटा धकधई स्वास्थ्य चौकीमा रहनेछ भने अर्को बोदवार प्राथमिक स्वास्थ्य चौकी पिपरहवामा राखिनेछ ।  गाउँपालिकाबासीले एम्बुलेन्सलाई ¥यालीसहित फूलमाला र अबिर लिएर एम्बुलेन्सको स्वागत गरेका छन् । आफूहरूले महँगो रकम तिरेर अस्पताल जानुपर्ने समस्या हटेको खुसीयालीमा एम्बुलेन्सलाई स्वागत गरिएको उनीहरूले बताए ।

 

एम्बुलेन्स सञ्चालनपछि स्थानीय नागरिकलाई स्वास्थ्य उपचार सहज हुने रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए । ‘गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य सेवा सञ्चालन भएको छ । अब एम्बुलेन्स खरिद गरेपछि नागरिकको स्वास्थ्य सुविधामा टेवा पुग्नेछ’, अध्यक्ष यादवले भने ।

 

गाउँपालिकाभित्रका ३ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गर्भवती महिलालाई अस्पताल ल्याउने र त्यहाँबाट पुनः निःशुल्क रूपमा घर लैजाने व्यवस्था गरिएको उनले बताए । अन्य स्थानमा लैजान परे अन्य एम्बुलेन्सबाट कम शुल्कमै अस्पताल पु¥याउने व्यवस्था गरिएको उनको भनाइ छ । 

 

कोभिड महामारीको समय गाउँपालिकामा स्थापना भएको क्वारेन्टाइनबाट संक्रमितलाई अस्पताल लैजान र ल्याउन धेरै समस्या भएको बताउँदै यादवले भविष्यमा यो समस्याबाट मुक्ति पाउन एम्बुलेन्सले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।  रोहिणीले आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

 

सरकारबाट भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट सुविधा प्राप्त गरेको बोलेर कम्पनीका दुवै एम्बुलेन्सको मूल्य २० लाख ४३ हजार ५ सय ७४ रुपैयाँ परेको न्यौपानेले बताए ।