close

ग्लोबल आईएमई बैंकले होटल व्यवसायीलाई सहज कर्जा दिने

ग्लोबल आईएमई बैंकले होटल व्यवसायीलाई सहज कर्जा दिने

Trulli
ADVERTISEMENT

काठमाडौं - ग्लोबल आईएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच  सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएको छ ।


सम्झौतापछि महासंघमा आबद्ध नेपालभरका होटल तथा रेस्टुराँ व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरल बैंकिङ कारोबारको पहुँचभित्र ल्याउन बैंकले पहल गर्नेछ ।


उक्त सम्झौतापत्रमा ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका थिए । 


होटल व्यवसायी महासंघ नेपालमा आबद्ध व्यवसायीलाई आर्थिक कारोबारमा सघाउ पुर्‍याउन तथा हाल कोभिड–१९ बाट प्रभावित अवस्थालाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग गर्ने उद्देश्यले कर्जा सुविधा प्रदान गरिने बैंकले बताएको छ ।