close

रूपन्देहीका ८ पालिकामा दोस्रो चरणको अभियान

पहिलो दिन ७ हजारले लगाए कोरोनाविरुद्धको खोप

रूपन्देहीका ८ पालिकामा दोस्रो चरणको अभियान

पहिलो दिन ७ हजारले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीका ८ वटा पालिकामा दोस्रो चरणको कोरोनाविरुद्धको खोप ६ हजार ७ सय ६० जनाले लगाएका छन् ।

 

रूपन्देहीका ८ वटा पालिका देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, सम्मरीमाई, ओमसतिया र रोहिणी गाउँपालिकामा ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइएको हो । 

 

जिल्ला स्वास्थ्य कार्यलय रूपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा २३ सय ७७ जनाले खोप लगाएका छन् भने अन्यमा पनि उत्साहपूर्ण सहभागिता रह्यो ।

 

डा. गिरीका अनुसार देवदहमा ५ सय ६६, कोटहीमाईमा ७ सय ६६, समरीमाईमा ५ सय ९३, मर्चवारीमा ६ सय १८, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७ सय ८१, ओमसतियामा ५ सय २१, रोहिणीमा ५ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाए । 

 

तिलोत्तमाका १७ वडामा, देवदहका ४ स्थानबाट र अन्य पालिकामा पनि स्वास्थ्य चौकी वा पायक पर्ने ठाउँबाट खोप लगाइएको छ ।

 

तिलोत्तमाको वडा नम्बर ५ को खोप केन्द्रबाट अभियान सुरु गर्दै नगरप्रमुख वासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैबाट खोप सेवा पाउन् भन्ने उद्देश्यले हरेक वडामा खोप केन्द्र कायम गरिएको जानकारी दिए ।

 

उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई उनले आग्रह गरे ।

 

तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले कोरोनाविरुद्धको खोप लगाई सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरिन् । 

 

तिलोत्तमामा ३ चैतसम्म चल्ने अभियानअन्तर्गत ६५ वर्ष उमेर पुगेका झन्डै १० हजार ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउने अनुमान छ ।

 

देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदह स्वास्थ्य चौकीमा स्थापना गरिएको खोप केन्द्रबाट अभियान सुरु गरे । उनले सबै नगरबासीलाई खोप लगाउने आग्रह गरे । 

 

देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अभियानमा सहभागिता जनाएर ढुक्कसँग कोरोनाविरुद्धको खोप लगाउन नगरबासीलाई अनुरोध गरिन् ।

 

रूपन्देहीका ८ पालिकामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीका साथै टोल विकास संस्था, क्लबहरूले समेत सहयोग पु¥याएका छन् ।