close

उद्योग वाणिज्य महासंघको चुनाव आउँदो मंसिरमा

उद्योग वाणिज्य महासंघको चुनाव आउँदो मंसिरमा

Trulli
ADVERTISEMENT

काठमाडौं - गृह मन्त्रालयले उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई मंसिरमा साधारणसभा गर्न ससर्त अनुमति दिएको छ । महासंघले आउँदो मंसिर ११ र १२ मा  साधारणसभा र चुनाव गर्न गृह मन्त्रालयमा अनुमति मागेको थियो ।


विभिन्न सर्तसहित साधारणसभा तथा चुनाव गर्न अनुमति दिने मन्त्रीस्तरीय निर्णय भएको गृह मन्त्रालयले महासंघलाई पठाएको पत्रमा भनिएको छ । 


भर्चुअल माध्यमबाट साधारणसभा गर्नुपर्ने तथा मतदान लागि २५ भन्दा धेरै भेला हुन नपाइने गृहको निर्णय छ । गत चैतमा हुनुपर्ने साधारणसभा कोरोना महामारीका कारण रोकिँदै आएको छ ।


नयाँ नेतृत्व चयन गर्ने आउँदो साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि भने यसअघि नै प्यानल घोषणा गरेर व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल तथा किशोर प्रधानले प्यानल बनाएका छन् ।