close

साढे १३ सय वर्ष कैद सजाय भुक्तान बाँकी !

साढे १३ सय वर्ष कैद सजाय भुक्तान बाँकी !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अदालतमा कैद सजाय फैसला भएकाले करिब १ हजार ३ सय ६३ वर्ष भुक्तान गर्न बाँकी रहेको देखिएको छ । 

 

जिल्ला अदालतले कैद सजाय तोकेकाबाट करिब १ सय २८ वर्ष मात्र कैद सजाय भुक्तान भएको पाइएको अदालतका स्रेस्तेदार शम्भुप्रसाद रेग्मीले बताए । 

 

उनका अनुसार कुल कैद सजाय लगत १ हजार ४ सय ९० वर्ष ५ महिना २० दिन रहेकामा १ सय २७ वर्ष १० महिना १६ दिन मात्र कैद सजाय भुक्तान भएको छ । 

 

१ हजार ३ सय ६२ वर्ष ७ महिना ४ दिन कैद सजाय अझै भुक्तान हुन बाँकी रहेको स्रेस्तेदार रेग्मीले जानकारी दिए । यस्तै, अदालतले जरिमानाबापत २ करोड ९८ लाख ३ हजार ६ सय ३९ रुपैयाँ असुल गर्न बाँकी रहेको बताएको छ ।

 

जरिमानाको कुल लगत ३ करोड १९ लाख ९६ हजार ५ सय ६४ रहेकामा २१ लाख ९२ हजार ९ सय २५ रुपैयाँ मात्र असुली भएको छ ।