close

माओवादी केन्द्रका २ सांसदलाई २४ घन्टे स्पष्टीकरण

माओवादी केन्द्रका २ सांसदलाई २४ घन्टे स्पष्टीकरण

Trulli
ADVERTISEMENT

रुपन्देही– नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशसभा संसदीय दलको बैठकले २ जना सांसदलाई एालेको पक्षमा खुलेको भन्दै २४ भण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

 

संसदीय दलका नेता कुल प्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा तुलाराम घर्ती मगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त गरेको छ ।

 

दलका सदस्य दधिराम न्यौपाने र  दिनेश पन्थीले दल त्याग गरी अर्को दलको सदस्यता लिएकोले २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण भइसकेको स्थितिमा दलको विधान संशोधन गरी पारित गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले वताए । न्यौपाने रुपन्देहीको निर्वाचन क्षेत्र १ क र पन्थी गुल्मीको २ क बाट निर्वाचित भएका थिए ।