close

नौमति संरक्षणमा बेलबारी 

नौमति संरक्षणमा बेलबारी 

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमति बाजाको संरक्षणसँगै व्यावसायिक बनाउन थालेको छ । विभिन्न शुभकार्य र शुभसाइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन नगरपालिकाले पञ्चेबाजा संरक्षण समिति बेलबारीको वडा नम्बर ११ लाई हस्तान्तरण गरेको छ । 

 

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले पञ्चेबाजा संरक्षण समितिलाई हस्तान्तरण गरेका हुन् । बाजा व्यवसाय सञ्चालनबाट रोजगारीको सिर्जना गर्ने, युवा पुस्तालाई नौमति बाजा बजाउन प्रोत्साहन गर्ने उद्देश्यले नौमति बाजा र पोसाक हस्तान्तरण गरिएको नगरप्रमुख सुवेदीले बताए । 

 

नौमति बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको नगरप्रमुख सुवेदीको भनाइ छ । नेपाली कला, संस्कृति र प्राकृतिक दृश्य हेर्न विदेशी पर्यटक नेपाल आउने गर्छन् । विशेषगरी नौमति बाजाको धुन पर्यटकको रोजाइमा पर्ने गरेको छ । विवाहोत्सवजस्ता शुभकार्यमा नौमति बाजा बजाउने चलन छ ।

 

२ वटा नरसिंहा, २ वटा सनही, २ वटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को, एउटा झ्याली र नौमति बजाउनेलाई १–१ थान कपडा वितरण गरिएको छ । नौमति बाजा पाएको पञ्चेबाजा संरक्षण समितिले भने लोप हुँदै गएको संस्कृति संरक्षणसँगै व्यावसायिक योजना बनाएर अघि बढ्ने बताएको छ ।

 

यसअघि परियार सेवा समाज बेलबारीलाई नगरपालिकाले नौमति बाजा दिएको थियो । उनीहरूले विवाह, ब्रतबन्ध पुराणजस्ता शुभकार्यमा बाजा बजाएर आम्दानी गरिरहेका छन् । नौमति बाजा लिँदै परिवार समाजले संरक्षणसँगै आम्दानी पनि गर्ने सकिने बताएको छ ।