close

शिवराजमा निःशुल्क आँखा शिविर

अप्रेसन गर्नेलाई निःशुल्क चस्मा 

शिवराजमा निःशुल्क आँखा शिविर

अप्रेसन गर्नेलाई निःशुल्क चस्मा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)- शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । 

 

नेपाल नेत्र ज्योति संघ छन्द कालाबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३६८ जनाले आँखा चेकजाँच गराए । 

 

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले आँखामा समस्या भएका र आर्थिक अभावले उपचार गराउन नसकेकालाई निःशुल्क आँखा शिविर सञ्चालन गरिएको जानकारी दिए । 

 

नगरपालिकाको आन्तरिक स्रोतबाट ३ लाख रुपैयाँ विनियोजन गरी शिविर सञ्चालन गरिएको उनको भनाइ छ । 

 

शिविरमा ४९ जनाको आँखा अप्रेसन गरेर निःशुल्क चस्मा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।