close

मच्छिममा गाउँघर क्लिनिक भवन 

मच्छिममा गाउँघर क्लिनिक भवन 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण भएको छ ।

 

गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजनाअन्तर्गत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन निर्माण भएको हो । भवनको धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले उद्घाटन गरिन् । 

 

१ तले २ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ मा ५ लाख र परियोजनाले कदम म्याग्दीमार्फत ७ लाख रुपैयाँ विनियोजन गरेको थियो । निर्माण सामग्री, फर्निचर खरिद र मजदुरको ज्यालामा गाउँपालिका र परियोजनाको बजेट खर्च भएको छ । 

 

जग्गा सम्याउन, पर्खाल लगाउने ढुंगा ढुवानी गर्ने काममा १०७ घरधुरीले प्रतिघर ४-४ दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका सचिव वीरबहादुर छन्त्यालले बताए । भवन निर्माण भएपछि विद्यालयको कोठा, व्यक्तिका घर र चौतारामा बसेर बालबालिकालाई खोप लगाउनुपर्ने समस्या अन्त्य भएको छ । 

 

हरेक महिनाको १ दिन टोलमा पुगेर सेवा दिने स्वास्थ्यकर्मी र सर्वसाधारणलाई पनि सहज भएको छ । 

 

सामुदायिक विकास परियोजनामार्फत यसअघि धवलागिरि गाउँपालिका वडा नम्बर ६ बुल, वडा नम्बर ४ बगर र वडा नम्बर २ खोरियामा खोप केन्द्र भवन निर्माण भएको थियो । 

 

भवन उद्घाटन कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो । हजार दिनका आमासँग गाउँपालिका अध्यक्ष कार्यक्रमअन्तर्गत गर्भवती, सुत्केरी र २ वर्षसम्मका बच्चाका आमालाई अन्डा पनि वितरण गरिएको थियो ।