close

पाख्रिबासमा सुरु भयो नेपालकै ठूलो कफी खेती

पाख्रिबासमा सुरु भयो नेपालकै ठूलो कफी खेती

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको पाख्रिबास नगरपालिकामा नेपालकै सबैभन्दा ठूलो व्यावसायिक कफी खेती सुरु गरिएको छ । नगरपालिकाले गत वर्ष कृषि अभियन्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफी खेतीको सम्भाव्यता अध्ययन गराएर यो वर्षबाट खेती सुरु गरेको हो ।

 

नगरपालिकाले यो वर्षबाट खेती विस्तार गर्न १० लाख रुपैयाँ लागतमा ७ रोपनी क्षेत्रफलमा मुगास्थित राई गाउँमा कफीको नर्सरी सुरु गरेको छ ।

 

५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फार्म धनकुटाले यो वर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोपिनेछन् ।

 

नगरपालिकाले बुधबार कृषि प्राविधिक र सञ्चारकर्मीलाई अनुगमन गराएर कफी खेतीबारे विस्तृत जानकारी दिएको छ । १ हजार ४४ दशमलव २९ किमि क्षेत्रफल रहेको पालिकामा ४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिने नगरपालिका प्रमुख बिर्खबहादुर राईले जानकारी दिए । नगरपालिकाले आवश्यक नीति बनाएर नगरभित्र र सार्वजनिक रूपमा बिरुवा वितरण तथा बिक्री गर्नेछ ।