close

झापा जिल्ला प्रशासनको आलोपालो सेवा

झापा जिल्ला प्रशासनको आलोपालो सेवा

Trulli
ADVERTISEMENT

झापा- जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहको नियमित कार्यतालिका परिवर्तन गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनले नियमित कार्यतालिकामा फेरबदल गर्दै सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।


कार्यालयले सेवा प्रवाहका लागि स्थानीय तहलाई तालिकाबद्ध गरेको छ । प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराईका अनुसार आइतबार मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका स्थानीयले सेवा पाउनेछन् ।


भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाका सेवाग्राहीका लागि सोमबारको समय निर्धारण गरिएको छ । मंगलबार बिर्तामोड नगर क्षेत्रका सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । सार्वजनिक सेवा प्रवाहमा दैनिक बढ्दै गएको भीड व्यवस्थापनका लागि नियमित कार्यतालिकामा परिवर्तन गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

 

बुधबार कन्काई नगरपालिका र झापा गाउँपालिकाका सेवाग्राहीलाई समय छुट्याइएको छ । बिहीबार बाह्रदशी र हल्दीबारी गाउँपालिकाका सेवाग्राहीले समय पाएका छन् । शुक्रबार अर्जुनधारा नगरपालिकाका सेवाग्राहीलाई समय निर्धारण गरिएको कार्यालयले जनाएको छ । 

 

१६ वैशाखदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले आलोपालो सेवाको कार्यतालिका निर्धारण गरेको हो । तोकिएको कार्यतालिकाअनुसार मात्रै नागरिकता र राहदानी उपलब्ध हुने कार्यालयले बताएको छ । माई पश्चिमका सेवाग्राहीले भने हरेक दिन सेवा प्राप्त गर्नेछन् ।