close

बाहिरबाट आएकालाई दिक्तेलमा क्वारेन्टाइन अनिवार्य

बाहिरबाट आएकालाई दिक्तेलमा क्वारेन्टाइन अनिवार्य

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

 

कोभिड-१९ को दोस्रो लहरको संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा सहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । 

 

मंगलबार सूचना जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल नगरी ‘जहाँ छौं त्यहीँ’ बस्न आग्रह गरेको छ ।

 

‘कोभिड-१९ लाई नियन्त्रण र व्यवस्थापन गर्न नगरपालिकाभन्दा अन्य क्षेत्र र सहरबाट सकेसम्म नआउने, जहाँ छौँ, त्यहीँ सुरक्षित बसौँ,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘यदि आउनुपर्ने नै भए नगरबासीले बाहिर हिँडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध छ ।’