close

कोभिड- १९ संक्रमण नियन्त्रणलाई करोडको कोष

कोभिड- १९ संक्रमण नियन्त्रणलाई करोडको कोष

Trulli
ADVERTISEMENT

काभ्रे- कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि धुलिखेल नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ । नगरपालिकाले सम्भावित संक्रमण नियन्त्रणका लागि १ करोड रुपैयाँको कोष व्यवस्थापन गरी कोभिड-१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

 

हाल संक्रमितमा कडा र गम्भीर प्रकारका लक्षण देखिएकाले सचेत रहन र कसैलाई कोभिड-१९ को लक्षण देखिए वडा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

 

वडा नम्बर ३, ४, ५, ६ र ७ मा कोरोना भाइरस संक्रमण अत्यधिक देखा परेकाले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न, अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

 

नगरपालिका क्षेत्रभित्र सरकारको मापदण्डबमोजिम भीडभाड र ठूला जमघट नगर्न र त्यस्ता कार्यमा सहभागी नहुन आग्रह गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिए ।

 

नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा अनावश्यक घुमफिर, भेला तथा भोजजस्त कार्य नगर्न आग्रह गरेको छ ।

 

पनौती नगरपालिकाले वडा नम्बर  १० मा कोरोना संक्रमित बढी देखिएको भन्दै थप फैलन नदिन कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको हुँदा सो कार्य सम्पन्न नभएसम्मका लागि पूर्वमा पनौती विद्युत्गृहको पुल, पश्चिममा किटनी फट्केश्वर रोशी खोला पुल, उत्तरमा कृषि सेवा केन्द्रसँगैको गोगुनाल खोल्सा र दक्षिणमा कपुरपानिडोल क्षेत्र सिल गरिएको जनाएको छ । १४ र १५ वैशाखमा सो क्षेत्रमा २७ जनामा संक्रमण देखिएको थियो ।