close

कोरोना अपडेट: २४ घन्टामा थपीए ७६६० नयाँ संक्रमित, ५५ जनाको मृत्यु

कोरोना अपडेट: २४ घन्टामा थपीए ७६६० नयाँ संक्रमित, ५५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालभर ७६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उच्च विन्दुमा पुगेको छ । मन्त्रालयका अनुसार  ५५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

 

हाल नेपालमा कुल संक्रमितमध्ये ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।