काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ९,१९६ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।
२०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
याेसँगै कूल संक्रमितकाे संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ भने कूल मृतक संख्या ३,५७९ पुगेको छन् ।