close

बोलन्याथलीले डडेल्धुरा अस्पताललाई दियो ४० थान अक्सिजन सिलिन्डर

बोलन्याथलीले डडेल्धुरा अस्पताललाई दियो ४० थान अक्सिजन सिलिन्डर

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको बोलन्याथली गाउँपालिकाले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्याथलीले नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

 

डडेल्धुरा पुगेका सबै सिलिन्डर बोलन्याथली डडेल्धुरा युनिट प्रमुख दीपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन् ।

 

हेल्पिङ ह्यान्ड अमेरिकाको सहयोगमा ४० थान भरिएका सिलिन्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्याथलीका संयोजक यादव जोशीले बताए ।
उक्त सिलिन्डरको व्यवस्थापनमा अभियानकर्ता हेमराज थापा, यम खड्का र बाँकेका प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको संयोजक जोशीले जानकारी दिए ।
डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या भएको छ ।

 

डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका बिरामी पनि डडेल्धुरा अस्पतालमा आउने भएकाले उपचारमा समस्या भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

 

१ जना बिरामीका लागि १ जना नर्स हुनुपर्नेमा डडेल्धुरा अस्पतालको आइसियुमा ५ जना मात्रै नर्स छन् । २४ सै घन्टा सेवा दिँदा १ दिन बिदा दिनुपर्ने प्रावधान भए पनि अहिले नर्स मात्रै नभई चिकित्सकले समेत आराम गर्ने समय नपाएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।

 

उनका अनुसार डडेल्धुरा अस्पतालमा हालसम्म ४७ जनाले उपचार लिएका छन् भने कारोनाका १८ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।

 

डडेल्धुरा अस्पतालको अक्सिजन प्लान्टबाट दैनिक २७ सिलिन्डर भर्ने क्षमता छ । यसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ । तर, अहिले ११ जनाभन्दा बढीलाई अक्सिजन दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए ।

 

अक्सिजन अभाव भइरहेको समय बोलन्याथलीले अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकामा उनले धन्यवाद दिए ।