close

तानसेनका होटल व्यवसायीको सह्रानीय काम, नगरपालिकाको सहयोग कुर्दै व्यवसायी

तानसेनका होटल व्यवसायीको सह्रानीय काम, नगरपालिकाको सहयोग कुर्दै व्यवसायी

Trulli
ADVERTISEMENT

पाल्पा– कोरोनाको दोस्रो लहरमा संक्रमण दर बढेसँगै तानसेनका होटलहरूमा आइसोलेसन सेवा दिन व्यवसायी तयार भएका छन् । 

 

जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिले होटलहरूलाई आइसोलेसन बनाउन आग्रह गरेसँगै होटल व्यवसायीहरूले पहलकदमी थालेका हुन् ।

 

२ सातामा ६ सयको संख्यामा कोरोना संक्रमित थपिए पनि तानसेन नगरपालिकाको सक्रियता शून्य भएकाले होटल व्यवसायी आइसोलेसन बनाउने तयारीमा लागेका हुन् ।

 

होटल व्यवसायीको बैठकको निर्णयअनुसार आइसोलेसनमा बसेकालाई २ पटक खाना, २ पटक खाजा, चिया, कफी र बिरामी आफैंले तातो पानी तताउन मिल्ने विद्युतीय जगको व्यवस्था गरिने मोनिका गेस्टहाउसका सञ्चालक जीवलाल सुवेदीले बताए ।

 

तर, होटलहरूले आइसोलेसनमा बस्नेका लागि तय गरेको मूल्य गरिब र असहायका लागि महँगो पर्छ । यसमा स्थानीय सरकार तानसेन नगरपालिका मौन छ ।

 

अन्य स्थानीय सरकारले आइसोलेसन कक्ष निर्माण गरे पनि तानसेनले अझैसम्म बनाएको छैन । खाना र खाजासहित २ शय्याको कोठालाई प्रतिव्यक्ति प्रतिदिन २ हजार र कोठामा एक्लै बसे प्रतिदिन ३ हजार रुपैयाँ तिर्नुपर्नेछ । कोठा भाडामा बस्नेहरू, खाना बनाउने आफन्त नभएका र घरमा बस्न नमल्निेहरूलाई होटलको आइसोलेसनमा सहज हुने पाल्पा होटल तथा रेस्टुरेन्ट व्यवसायी समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । 

 

न्यूनतम मूल्यमा मानवीय सेवाका लागि आइसोलेसन बनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

 

पहिलो चरणमा होटल श्रीनगर, होटल अन्नपूर्ण, मोनिका गेस्टहाउस, होटल सिम्रिक र होटल ताजले आइसोलेसन सञ्चालन गर्न सहमत भएका छन् । यी होटलमा ३ सय शय्या क्षमता रहेको छ ।

 

आइसोलेसनमा बस्नेका लागि एट्याच ट्वालेट बाथरुम, तातोपानी र आवश्यक परे अक्सिजनसमेत व्यवस्था गर्ने व्यसायीयले जनाएका छन् । स्थानीय सरकारले संक्रमितको ख्याल गर्न नसकेर घरमै बस्न सुझाएका बेला होटलको आइसोलेसनमा बस्न सक्नेका लागि राहत हुनेछ ।