close

रूपन्देहीमा घट्दै कोरोना संक्रमणको ग्राफ : ५७५ निको, ३९४ संक्रमित 

रूपन्देहीमा घट्दै कोरोना संक्रमणको ग्राफ : ५७५ निको, ३९४ संक्रमित 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीमा ६०८ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । १३२५ जनामा एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको हो । रूपन्देहीमा २ दिनदेखि संक्रमितको संख्या घट्दै गएको देखिएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा १६६, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ तथा कञ्चनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । 

 

ओमसतिया गाउँपालिकामा १० जना पुरुष, कञ्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष गरी १२ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

मायादेवी गाउँपालिकामा २ महिला र ३ पुरुष गरी ५, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र ३ पुरुष गरी ४, शुद्धोधन गाउँपालिकामा १ महिला र गैडहवा गाउँपालिकामा २ महिला र १ जना पुरुष गरी ३ जना, रोहिणी गाउँपालिकामा ४ महिला एवं ४ पुरुष गरी ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना पुरुष संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख डा. गिरीले बताए ।


रूपन्देहीमा सक्रिय संक्रमित ३३० जना लक्षणसहितका छन् । उनीहरूको विभिन्न पालिकामा रहेका आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ भने ६५८४ जना होम आइसोलेसनमा छन् । 
 

जिल्लामा पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ५७५ जना संक्रमणमुक्त भएको डा. गिरीले बताए । रूपन्देहीका २ पालिका मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा भने संक्रमितको संख्या शून्य देखिएको छ ।