close

तिलोत्तमामा थपियो कोरोना अस्पताल

तिलोत्तमामा थपियो कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

रूपन्देही– कोरोना संक्रमित बिरामीको चाप बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर ९ केवलानीस्थित नगरको सभाहल तथा अतिथिगृहमा कोभिड अस्पताल निर्माण गरेको छ ।

 

शंकरनगरमा रहेको आइसोलेसन सेन्टरले बिरामीको चाप थेग्न नसकेपछि थप आइसोलेसन सेन्टर निर्माण गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । तत्काल ४० बेड रहे पनि केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या १०० पु¥याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

 

नगरपालिकाको सभाहल नयाँ रहेकाले विद्युत्, खानेपानी, सरसफाइलगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

 

अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिस्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले बताए ।

 

उनका अनुसार यो सिस्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ । नगरप्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधन–स्रोतको प्रयोग गर्ने जानकारी दिए ।

 

नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । 

 

समितिको सदस्यमा वडा नम्ब्र ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नम्बर ५ का चेतनारायण भण्डारी, वडा नम्बर ७ का दुर्गा पाण्डेय, वडा नम्बर ८ का कृष्ण पौडेल, प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा इलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि रहेका छन् । यस्तै, भने सदस्य सचिवमा कोरोना फोकल पर्सन केशव भट्टराई छन् ।