close

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लामा कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा उपचारकमा समस्या देखिन थालेकाे छ ।संक्रमित बढ्दा उपचारका लागि चौतारा अस्पतालमा अक्सिजनको अभाव भएकाे छ । अक्सिजन अभाव भएपछि चौतारा अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना हुन लागेको छ । 

 

सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जनाएको छ ।


जिल्ला अस्पताल र अरू स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभावपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएकाले स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल दुई हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरेको थियो । अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना हुने अस्पताल प्रशासनले जनाएको छ ।