close

राष्ट्रिय सभा सदस्यमा विपक्षी गठवन्धनका उम्मेदवार पाण्डे विजयी 

राष्ट्रिय सभा सदस्यमा विपक्षी गठवन्धनका उम्मेदवार पाण्डे विजयी 

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । 

 

सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे बिजयी भएका हुन् । 

 

कांग्रेसका पाण्डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

 

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।