close

स्वास्थ्य मन्त्रालयको निर्देशन: सबै अस्पतालले कोरोनाको उपचार खर्च सार्वजनिक गर्नू

स्वास्थ्य मन्त्रालयको निर्देशन: सबै अस्पतालले कोरोनाको उपचार खर्च सार्वजनिक गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का संक्रमितकोे उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले ७ दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो ।


मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई १ साताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो ।

 

साथै, अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख गरी शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ । 


मन्त्रालयले बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्यधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारका लागि आवश्यक पर्ने सामग्रीको बस्दोबस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकभन्दा बढी औषधी तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमार्फत र कतिपय गुनासा सामाजिक सञ्जाल आउने गरेको मन्त्रालयले जनाएको छ ।