close

तानसेनमा गुड्यो कृषि एम्बुलेन्स, उपभोक्ता र कृषक दंग (भिडियो खबर)

तानसेनमा गुड्यो कृषि एम्बुलेन्स, उपभोक्ता र कृषक दंग (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- निषेधाज्ञाले धेरै किसानका तरकारी करेसाबारीमा नै खेर गए । कृषकको जीविकोपार्जनको आधार बनेको तरकारी खेती यसपटक पनि गत वर्षको लकडाउनमा झै चौपट बन्यो । उपभोक्ता तरकारी खान नपाउने तर किसानले लगाएको तरकारी भने बारीमा नै कुहिएर जाने अवस्थाको अन्त्य गर्न पाल्पाको तानसेन नगरपालिकाले भने यस वर्ष पनि कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

 

कोरोना कहरले बन्दाबन्दी भएको बेलामा कृषकहरुको उत्पादन बजारसम्म ल्याउन पाल्पामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । खेतबारीमै तरकारी कुहिने अवस्था बनेपछि शहरका उपभोक्ताको घरसम्म तरकारी ल्याउन थालिएको छ । कृषि एम्बुलेन्सबाट तानसेन पालिका भित्रका कृषि र उपभोक्ता लाभाविन्त भएका छन् ।

 

कृषि सहकारी संस्थाको पहल तानसेन नगरपालिका र साझेदार निकाय मिलेर कृषि एम्वुलेन्स सञ्चालन गरिएको छ । कृषकसंँग खरिद गरेको मुल्यमा ढुवानी जोडेर उपभोक्तालाई तरकारी विक्रि गरिएको छ । तौल अनुसारका प्याकेजिङ्ग गरी सुरक्षा मापदण्ड अपनाएर शहरमा तरकारी विक्री गरिएको छ ।

 

कोरोना कहरले ताज तरकारी सुपथ मुल्यमा प्राप्त गरेकोमा उपभोक्ता खुसी छन् । स्वास्थ्य मापदण्ड अपनाएर तरकारी खरिद गरेको तानसेन नगरपालिकाका उपभोक्ताको भनाइ छ । तरकारी बारीमै कुहिन थालेपछि नगरपालिका र कृषक सहकारीले यस वर्ष पनि कृषि एम्बुलेन्स सञ्चालन गरेका हुन् ।

 

कृषि एम्बुलेन्स सेवा सुुरु भएपछि कृषकलाई राहत मिलेको साझेदार संस्थाका कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताए । कृषि एम्वुलेन्स सञ्चालनले निषेधाज्ञाका बेला कृषक र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ । अहिले देशभर निषेधाज्ञाका कारण यसरी नै उब्जनी बारीमा कुहिने गरेको छ ।

 

सरकारले नै कृषि एम्बुलेन्सको अवधारणा ल्याइरहँदा पाल्पाको तानसेन नगरपालिकाले जस्तै अन्य पालिकाले पनि कृषि एम्बुलेन्समार्फत किसानलाई सहजीकरण गर्न आवश्यक देखिन्छ ।