close

जनप्रतिनिधि र कर्मचारीको कुरा मिलेपछि...

प्रशासकीय अधिकृतको सोच र अध्यक्षको नेतृत्वले अव्बल बन्दैछ सिरिजङ्घा

जनप्रतिनिधि र कर्मचारीको कुरा मिलेपछि...

प्रशासकीय अधिकृतको सोच र अध्यक्षको नेतृत्वले अव्बल बन्दैछ सिरिजङ्घा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- बोली सुन्दा केही कडा मिजास जस्तो । प्रशासनका हरेक फाँटवालको दैनिक प्रगति लिने र योजना तथा नीति अनुसार काम भए-नभएको मूल्याङ्कन गरी फेरिहस्त तयार गर्ने । काम नभए त्यसको कारण पत्ता लगाउने र जनप्रतिनिधि समेतको सहयोगमा बाधा फुकाउन आफैं अग्रसर हुने । 

 

उत्कृष्ट काम गर्नेलाइ सम्मान दिन पछि पछि नपर्ने । स्थानीय परिवेश अनुसारको नीति, कार्यक्रम र बजेट निर्माणमा त झनै अब्बल । यस्तै छन् ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे । 


उनको चर्चा २०७७ सालको पालिकाको नीति, कार्यक्रम र बजेटबाट त झन् चुलिएको छ । २०७७ सालको बजेट, नीति कार्यक्रम र बजेटले साँच्चै पालिकाका जनताको मन जित्यो’पालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक हिमाल तिम्सिनाले भने ।

 

२०७६ चैतदेखि कोरोनाले सबैलाइ आतंकित बनायो । जनतालाइ कोरोनाबाट जोगाउनु र गुमेको आम्दानीको स्रोतमा पुर्नस्थापित गर्नु पालिकाको पहिलो दायित्व थियो । त्यहिँ बेला रोजगारी गुमाएर धमाधम विदेश पुगेका नागरिक फर्किए । 


विद्यार्थीको पढाइ डामाडोल भयो । सञ्चालित योजना पूरा नहुने खतरा बढ्यो । तर सिरिजङ्घा गाउँपालिकाले त्यसलाइ सहज रुपले पूरा गर्ने अठोट लियो । यी काम गर्न प्रशासकीय अधिकृत घिमिरे अग्रसर भए । 

 

स्थानीय तहमा काम गर्दाको विगतको अनुभव प्रयोग गरे । अगुवा जनप्रतिनिधि र कर्मचारीको सल्लाह लिए । र, कोरोना त्रास विरुद्धको योजना बनाए । त्यहिँ योजनाले घिमिरेको कार्यक्षमता मात्र बढाएन, समग्र सिरिजङ्घाको सान समेत उचो बनाएको छ । 

 

‘हाम्रो पालिकामा राम्रो काम पनि भयो, जनमैत्री कार्यक्रम पनि भए, जनताले लाभ पनि पाए’, सिरिजङ्घा वडा नं १ सिनामका वडाध्यक्ष उर्मिला थेबेले भनिन् । 

 

पालिका अध्यक्ष टीकाराम गुरुङको अभिभावकीय भूमिका, प्रमुख प्रशासकीय अधिकृत घिमिरेको कार्यशैली र आफु सहितका जनप्रतिनिधिको लगाव र परिश्रमले अघिल्लो वर्ष कोरोनाबाट पालिका क्षेत्रमा आइपर्ने नकारात्मक प्रभावको चुनौति समाप्त भएको उनको ठहर छ । 

 

जनप्रतिनिधि र कर्मचारीवीच समन्वय भयो भने जनतालाई सजिलै सेवा दिन सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ  पालिका । पालिका अध्यक्षको कुशल नेतृत्व र प्रशासकीय अधिकृतको नविन योजनालाई पालिकावासीले निकै मन पराएको वडाअध्यक्ष थेवेको दावी छ । 

 

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप उपयोगका लागि ‘गाउँमै रोजगार वर्गको आधार’, कक्षा १२ सम्म अध्ययन गर्न पूर्ण निःशुल्क, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाइ विद्यालय पोशाक र झोला, उत्कृष्ट अध्ययन गर्ने प्रत्येक वडाका १–१ जना विद्यार्थीलाइ पालिकाको आर्थिक सहयोगमा निःशुल्क उच्च शिक्षा अध्ययनको व्यवस्था, ‘साना उद्यमशील किसान’कार्यक्रममार्फत माटो सुहाउँदो खेतीका लागि किसान र पशुपालकलाइ अनुदान २०७७ सालमा सिरिजङ्घाले ल्याएको नीति, कार्यक्रम र बजेटका केही नमुना कार्यक्रम हुन् । 

 

यस्तै ‘कञ्चनजंघाको पानी जनताको लगानी’कार्यक्रममार्फत पालिकाको लगानीमा कञ्चनजंघाको पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रयत्न भयो । पालिका र विभिन्न ६ वटा वडाहरुको एकै प्रकारको प्रशासकीय भवन निर्माण, वर्षभरीमा उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारी एवम् उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार तथा प्रोत्साहन विशिष्ट कार्यक्रममा पर्छन । 

 

यस बाहेक व्यवसायका लागि पालिका भित्रका बित्तीय संस्थामा पालिका आफैं जमानी बसिदिने कार्यक्रमले पालिकावासीलाई राहत मिलेको छ ।  पालिकाका प्रत्येक वडामा ९ वटाका दरले टोल विकास संस्था गठन भएका छन् भने १० लाख भन्दा मुनिका योजनाको सञ्चालन तिनै टोल विकास संस्थामार्फत हुने व्यवस्था मिलाइएको छ । 

 

सिरिजङ्घाद्धारा कोरोना नियन्त्रण तथा कोरोना बिरामीका लागि चालिएका प्रयास पनि सफल छन् । पालिका मातहतका १० वटै स्वास्थ्य संस्थाहरुमा फिवर क्लिनिक सञ्चालन गर्ने र ती क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीलाई मासिक रुपमा दिने प्रोत्साहन रकम, कोभिड संक्रमण भइ उपचारको क्रममा निधन भएका पालिका भित्रका नागरिकलाइ शव अन्त्येष्टी खर्च वापत जनही २० हजार रुपैंया उपलब्ध गराउने गरिएको छ । 

 

पालिकाको केन्द्र तेल्लोकको अस्थायी कोभिड अस्पतालमा उपचार हुन नसकी अन्यत्रका कोभिड अस्पतालमा रेफर गर्नुपर्ने बिरामीलाई गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा वा सो नभए निःशुल्क रुपमा यातायात सेवा उपलब्ध गराइरहेको अधिकृत घिमिरे बताउँछन् । 

 

होम आइसोलेसनमा बसेका कोभिड संक्रमित बिरामीलाइ पोषणयुक्त खाना खुवाउनमा सहयोग पुग्ने उद्देश्य राखेर सिरिजङ्घा गाउँपालिकाले प्रतिव्यक्ति २ हजार रुपैंयाका दरले रकम उपलब्ध गराउने तथा पालिका केन्द्र तेल्लोकस्थित अस्थायी कोभिड केन्द्रमा भर्ना भएका कोभिड संक्रमित बिरामीलाइ खाना तथा खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने निर्णयले कोरोना प्रभावित समुदायलाइ लाभ पुगेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष लालकृष्ण चौहान बताउँछन् । 

 

‘यी कार्यक्रमका मार्गदर्शक प्रमुख प्रशासकीय अधिकृत नै हुनुहुन्छ’उनले भने । घिमिरे आफैं भने पालिकाको यो खासको श्रेय आफु दिन चाहदैनन् । भन्छन्, ‘पालिका अध्यक्षसहित सबै जनप्रतिनिधि, पालिकाका कर्मचारी र सामाजिक अगुवाको सल्लाह र सहयोगले नै मलाइ काममा उत्साहित गरेको छ ।’ उनले आगामी आवको बजेटका लागि समेत ध्यान केन्द्रित गरिसकेको बताए ।