close

रिब्दीकोटका कृषकलाई अनुदानमा धानको बिउ ( भिडियो खबर) 

रिब्दीकोटका कृषकलाई अनुदानमा धानको बिउ ( भिडियो खबर) 

ADVERTISEMENT

पाल्पा- नेपाल कृषि प्रदान देश हुँदा हुँदै पनि कृषिमा आधुनिकीकरण नहुँदा कृषिबाट सोचे जस्तो प्रतिफल पाउन सकिएको छैन । देश संघीय संरचनामा गए सँगै स्थानीय सरकारले कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्वि गरि कृषकलाई व्यावसायिक बनाउन अगाडि बढेका छन् । तर, कृषकलाई आवश्यक पर्ने उपकरण र सुविधा नहुँदा सोचे अनुरुपको फाइदा लिन सकिएको छैन ।

अझ, देशभर १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको भएपनि चामलका लागि भारत निर्भर हुनुपर्ने बाध्यता छ । त्यसलाई हटाउन र धान उत्पादनमा वृद्धि गर्न अहिले स्थानीय सरकारले कृषकलाई अनुदानमा धानको बिउ दिएर भएपनि उत्पादन बढाउने सोच बनाइरहेका छन् । जसअनुसार पाल्पाको रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिउ वितरण सुरु गरेको छ । 


वर्षायाम शुरू हुन लागेसँगै कृषकले खेत रोप्नका लागि खेतमा बिउ राख्ने चटारो चलिरहेको छ । अर्को तर्फ कोरोनाको कहरले गर्दा कृषकले भनेको समयमा बिउ नपाउने झन्झट पनि रहेको बेला पाल्पाको रिब्दिकोट गाउँपालिकाले भने आवश्यक सुरक्षा सावधानी अपनाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरिरहेको छ । 


गाउँपालिकाले पालिकाका सबै वडाहरूमा कृषकको मागको आधारमा धानको बिउ वितरण गरेको हो । गाउँपालिकाले पालिकाका ८ वटै वडामा करिब ६ लाख ४० हजार बजेटबाट कृषक समुहको मागको आधारमा करिब ४ सय २० जना कृषकलाई टोलटोलमा पुगेर ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरिएको छ ।

 

कोभिडले सहरका मानिस निषेधाज्ञामा गाउँ गाउँमा फर्किएको र कृषिप्रति आकर्षित भइ रहेको बेला कृषकलाई कृषि पेशाप्रति उत्साहित बनाई धानको उत्पादनमा वृद्धि गराउने उद्देश्य पालिकाले लिएको छ । पछिल्लो समयमा नेपाल लगायत रिब्दीकोट गाउँपालिकामा पनि कोरोना भाइरसको निषेधाज्ञाका रहेको  कारण कृषकलाई धानको बिउ अभाव नहोस भनी गाउँपालिकाले अनुदानमा बिउ प्रदान गरेको हो ।

 

विशेष गरि कोभिडको माहामारी भइरहेको बेला कृषक बिउ किन्न जाँदा जोखिम हुने र बिउको पनि अभाव हुने हुदा कृषकले आफ्नै गाउँ टोलममा सेवा पाएका छन् । गाउँपालिकाले समय समयमा कृषि तालिम प्रदान, कृषिमा आधुनिकिकरण गर्नका लागि कृषि यन्त्र उपकरण, उत्पादनमा अनुदान लगायतको कार्यक्रम सञ्चालन पनि गरिरहेको छ ।