close

स्थानीय तहकाे बजेट: ताप्लेजुङका ९ पालिकाकाे यस्ताे छ तयारी

स्थानीय तहकाे बजेट: ताप्लेजुङका ९ पालिकाकाे यस्ताे छ तयारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- तोकिएकै अवधिभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन ताप्लेजुङका स्थानीय तहले प्रक्रिया सुरु गरेका छन् । बजेट ल्याउने दौडमा सबैभन्दा अगाडि सिरिजंघा गाउँपालिका देखिएको छ ।

 

सिरिजंघाले ३ असारमा बजेट ल्याउने मिति निर्धारण गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले आउँदो ३ असार बिहान ११ बजेबाट गाउँ कार्यपालिकाको सभाहलमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

 

उनका अनुसार गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले आगामी आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष ज्ञानमाया चौहानले पालिकाको विनियोजन विधयेक, २०७८ र आर्थिक विधेयक २०७८ प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

सम्बन्धित विषयगत समितिका संयोजकले अन्य महत्त्वपूर्ण प्रस्ताव एवं विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेकोसमेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । फुङ्लिङ नगरपालिकाले १० असारमा बजेट ल्याउने भएको छ । नगर उपप्रमुख बमबहादुर भट्टराईले १० असारमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको बताए ।

 

यस्तै, फक्ताङ्लुङ गाउँपालिकाले १० असारमा आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङले ६ असारभित्र प्रत्येक वडाका गाउँबस्तीका योजना छनोट भई विषयगत समितिमा ल्याउने र ६ देखि ९ असारसम्म विषयगत समिति, विधायन समिति र कार्यपालिकाको बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरी १० असारमा सार्वजनिकीकरण गर्ने कार्यतालिका छ ।

 

मेरिङ्देन गाउँपालिकाले ९ असारमा आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले ९ असारका लागि बजेट ल्याउने गरी कार्यपालिकाले निर्णय गरेको र सोहीअनुसार सबै तयारी थालिएको जानकारी दिए ।  ताप्लेजुङ १ नगरपालिका र ८ गाउँपालिकासहित ९ स्थानीय तह छन् ।