close

प्रदेश १ बजेटकाे बुँदा नं १५०ः प्रदेशका कर्मचारी खाजा खाने, संघका मुख मिठ्याउने !

प्रदेश १ बजेटकाे बुँदा नं १५०ः प्रदेशका कर्मचारी खाजा खाने, संघका मुख मिठ्याउने !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि १ असारमा प्रस्तुत गरेको बजेटकोे बुँदा नं १५० को दोस्रो खण्ड विवादमा परेको छ ।

 

बुदा नं १५० को दोस्रो खण्डले अनुत्पादक क्षेत्रमा करिव ११ करोड रुपैंया बढीको व्ययभार थपिएको भन्दै सामाजिक सञ्जालमा यसको तीव्र विरोध हुन थालेको छ । कोरोनाकालमा बैठक भत्ता नलिने भन्दै मितव्ययी हुन खोजेको सरकारले खाजा भत्ताका नाममा प्रदेश १ का कर्मचारीलाई ११ करोड खर्च गर्नेगरी बजेट ल्यायो ।

 

‘एउटै कार्यालयमा काम गर्ने प्रदेश अन्र्तगतका कर्मचारी खाजा खाने, संघका कर्मचारी मुख मिठ्याउने बस्ने’ सामाजिक सञ्जालमा विराटनगरका एक पत्रकारले लेखेका छने ।

 

प्रदेश १ सरकारका अर्थमन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेट बक्तब्यको बुदा नं १५० को दोस्रो खण्डमा प्रदेशका कर्मचारीको मनोबल, उत्प्रेरणा अभिबृद्धि गर्न प्रोत्साहन स्वरुप प्रदेश अन्तर्गतका कर्मचारीलाई १ साउनदेखि लागु हुनेगरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन १ सय रुपैंयाका दरले खाजा खर्चको प्रवन्ध गरिएको उल्लेख छ ।

 

यो व्यवस्था एउटै कार्यालय र एउटै कार्यकक्षमा कार्यरत रहेपनि संघ अन्र्तगतका कर्मचारीलाइ भने लागु हुने हुने छैन । यसले बिभेद सृजना गरेको भन्दै विवाद सुरु भएको हो ।