close

ट्रमा सेन्टर बन्ने भो स्याङ्जाको भीरकोट नगर अस्पताल 

ट्रमा सेन्टर बन्ने भो स्याङ्जाको भीरकोट नगर अस्पताल 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको भीरकोट नगर अस्पतालाई ट्रमा सेन्टर बनाइने भएको छ । गण्डकी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आयव्यय प्रस्तुत गर्दै अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मुख्य राजमार्गमा पर्ने अस्पताललाई ट्रमा सेन्टर बनाउने घोषणा गरेका हुन् ।

 

भीरकोट नगरपालिका वडा नम्बर १ मा रहेको कालिका सामुदायिक अस्पतालमा यसमा समेटिएको छ । अस्पताललाई नगरपालिकाले आफ्नो मातहतमा ल्याएर सञ्चालन गरिरहेको वडा नम्रब ५ का वडाध्यक्ष यामप्रसाद अधिकारी बताए ।

 

भीरकोट नगर अस्पताल मुख्य राजमार्गमा पर्ने भएकोले ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरिएको हो ।